१६ चैत्र २०८०, शुक्रबार

तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप : च्यासलको फराकिलो जीत



धनगढी । विदेशी खेलाडी अर्मान्ड मोयनको ह्याट्रिकसँगै भ्याली च्यासल युवा क्लवले तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको बिहीबार खेलमा फराकिलो गोल अन्तरले जीत प्राप्त गरेको छ । एकतर्फी खेलमा भ्याली च्यासलले भारतको दिल्ली फुटवल क्लवलाई ६–० गोल अन्तरले पराजित ग¥यो । धनगढी रंगशालामा पुरै खेलअवधि दिल्ली फुटवल क्लवमाथि हावी भएको च्यासलले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता लियो । च्यासलका एल्भीसको पासमा सन्जोग राईले टिमका लागि पहिलो गोल गरेका थिए । खेलको ३१ औं मिनेटमा हेमन्त थापामगरले २५ गज टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । भने ४० औं मिनेटमा सन्जोग राईको पासलाई अर्मान्डले गोलमा परिणत गरे ।दोस्रो हाफमा पनि च्यासलको आक्रमण जारी रह्यो । खेलको ६१ औं मिनेटमा अर्मान्डले योगेश गुरुङको पासलाई गोलमा परिणत गर्दै ह्याट्रिक पुरा गरे । ४–० ले अगाडि बढेको च्यासलको गोल गर्ने क्रम रोकिएन । ७३ औं मिनेटमा अर्मान्डले अर्को गोल गर्दै स्कोर ५–० बनाए । त्यस्तै, इन्ज्युरी समयको पहिलो मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जीत दिलाए । खेलको म्यान अफ द म्याच बन्दै अर्मान्डले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
भोलि (शुक्रबार) रुपन्देहीको गोर्खा ब्वाइज र काठमाडौंको सीएमजी क्लव, संकटाबीच खेल हुने छ ।

सम्बन्धित समाचार

सुदूरपश्चिम खप्तड गोल्डकप : नेपाल पुलिस क्लवको सहज जीत

सुदूरपश्चिम गोल्डकप शुरु : काकरभिट्टाद्वारा सुदूरपश्चिम–११ पराजित

सुदूरपश्चिम गोल्डकप शुरु : प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान– मुख्यमन्त्री भट्ट

खप्तडगोल्ड कपको उद्घाटन मुख्यमन्त्रीले गर्ने

आजदेखि सुदूरपश्चिम गोल्डकप (खेलतालिका सहित)

खप्तड गोल्डकपको तयारी पुरा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार