५ बैशाख २०८१, बुधबार

माघीमा तीन दिन विदा माग



धनगढी । थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले माघीमा तीन दिन विदा दिन प्रदेश सरकारसंग माग गरेको छ ।
सभा र समाजले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी थारु समुदायको सबै भन्दा ठूलो पर्व माघीमा पुष ३०, माघ १ र २ गते सार्वजिनक विदा दिन माग गरेको हो । सभाका कार्यबाहक सभापति माधव चौधरी र समाजका संयोजक दिलबहादुर चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले माघीमा एक दिन मात्रै विदा दिएकोमा विरोध जनाइएको छ ।
विज्ञप्तिमा नेपालको संविधान २०७२ ले गरेको व्यवस्था पूर्ण रुपमा प्रदेश सरकारले पालना नगरी जातीय, क्षेत्रीय विभेदलाई संरक्षण गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार