७ बैशाख २०८१, शुक्रबार

प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने मन्त्रीपरिषद्को निर्णय



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ ४ गतेदेखि हिउँदे अधिवेशन आव्हान गर्न सिफारिस गरेको छ ।
प्रदेश सरकारले प्रदेश सभालाई बिजनेश दिन नसकेको आलोचना भइरहेको बेला मन्त्रीपरिषद्को बैठकले हिउँदे अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रमुखलाई प्रदेश सभाको हिउँदे अधिबेशन माघ ४ गते शुक्रबार दिउँसो २ बजे बस्ने गरी आव्हान गर्न सिफारिस गरिने बताए ।

प्रवक्ता शाहका अनुसार मन्त्रीपरिषदको बैठकले बिभिन्न १० वटा प्रस्तावहरुमा छलफल गरेको छ । बैठकले भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपक्षंी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५, सामाजिक विकास मन्त्रालयको ब्यवसायिक सीपमुलक तालिम सञ्चालन कार्यविधि २०७५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन तथा जलाधार तर्फका कार्यक्रम सञ्चालन तथा मार्गदर्शन कार्यविधि २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई प्रादेशिक पर्यटन विकास बिधेयक, प्रादेशिक वातावरण संरक्षण बिधेयक, तर्जुमा गर्न गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत गरिएको प्रवक्ता शाहले बताए ।

माघे संक्रान्तिमा विदा

सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वका अवसरमा माघ १ गते एक दिन प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रीपरिषदको बिहिबारको बैठकले माघी पर्वका उपलक्ष्यमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता शाहले बताए । मन्त्रीपरिषदको नियमित बैठकले सम्पूर्ण प्रदेशबासीको महत्वपूर्ण पर्व भएकोले सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता शाहले बताए ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा माघे संक्रान्तिलाई चेली तिहार र तराइँका जिल्लामा बस्ने थारु समुदायको नयाँ वर्षको रुपमा मनाइने गरिएको छ । कैलाली कञ्चनपुर माघीलाई पुराना दिनका समिक्षा गर्दै नयाँ कार्ययोजना बनाउने पर्वको रुपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार