११ बैशाख २०८१, मंगलवार

चरेशको कारोबार गर्ने एक पक्राउ



डडेल्धुरा । पसलबाटै चरेश बेच्ने एक जनालाई अमरगढीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमरगढी नगरपालिका वडा नम्बर ८ डकलेका ५५ वर्षीय हर्कबहादुर साकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अवैध लागूऔषध (चरेश) आफ्नो पसलमा लुकाइछिपाइ राखी सानो–सानो प्याकेट बनाई बिक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले सा“कीलाई मंगलबार राति पक्राउ गरेको हो ।
प्रहरीले उनको घर खानतलासी गर्दा खुद्रा किराना पसलभित्र रहेको सानोसानो टुक्राको प्याकेट र केही ठूलो लाम्चो सिग्रेट आकारमा रहेको लागूऔषध (चरेश)लाई पोलिथिनको थैलीमा पोको पारी राखेको अवस्थामा एक सय १० ग्राम फेला परेको डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिई कानून बमोजिम मुद्दा दर्तापछि डडेल्धुरा जिल्ला अदालत डडेल्धुराबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार