८ बैशाख २०८१, शनिबार

निर्मला हत्याकाण्ड : आमाले दिइन्, डिएनए परीक्षणका लागि रगत



कञ्चनपुर । गत साउनमा बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले डिएनए परीक्षणका लागि रगत दिएकी छन् ।
निर्मलाको भेजाइनल स्वाब नै प्रहरीले नक्कली खडा गरेको हुन सक्ने भन्दै त्यसको पुष्टिको लागि डिएनए चेक गर्न रगत दिइएको आमा दुर्गादेवीले जानकारी दिइन् ।
उनले भनिन, “यो हाम्रै माग थियो । स्वाब नै छोरीको होइन कि भन्ने शंका लागेपछि पुष्टि गर्न महाकाली अञ्चल अस्पतालमा रगत दिइएको हो ।”
बलात्कारपछि हत्या भएको पाँच महिना नाघिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीले अहिलेसम्म दुई दर्जनभन्दा बढीको डिएनए टेस्ट गरेको बताए पनि नतिजा भने शून्य छ ।
प्रारम्भिक चरणमा नै प्रमाण नष्ट गरेको भन्दै प्रहरीको चौतर्फी आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार