१३ बैशाख २०८१, बिहीबार

चरेस सहित एक जना पक्राउ



बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर ३, बिरपईसेरा बिजगडामा प्रहरीले साढे दुई केजी लागू पदार्थ चरेस सहित एक जना पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट बुंगलमा चेकजाचका क्रममा मंगलबार राति कैलालीको चुरे गाउ“पालिका वडा नम्बर ५ का २१ वर्षका जयबहादुर धामीलाई चरेस सहित पक्राउ गरेको जनाइएको छ ।
बझाङका प्रहरी नायव उपरीक्षक प्रविण धितालका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले पिछा गर्दा अनटेष्ट मोटरसाइकलमा बिजगडाबाट बागथला गइरहेको अवस्थामा प्रहरीले दुई जनालाई झोलामा लुकाइछिपाई तीन पोकामा राखेको चरेश बरामद भएको थियो ।
मोटरसाइकलमा रहेको अर्को एकजना फरार भएको उनले बताए । चरेस सहित पक्राउ परेका जयबहादुरसँग एक थान राहदानी, नागरिकताको प्रमाणपत्र, मोबाइल पनि बरामद भएको थियो ।
बझाङमा प्रहरीले गत बैशाखदेखि तीन घटनामा २२ केजी चरेश बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार