८ बैशाख २०८१, शनिबार

अञ्जु पन्तले बेहोसीमै के गरिन …?



धनगढी । गायिका अञ्जु पन्तको न विर्से तिमीलाई न पाए तिमीलाई भन्ने गीत नसुन्ने नेपाली सायद नहुन सक्छ ।
आम स्रोताले निक्कै मनपराएर चर्चामा रहेको यो गीतमा स्वर, शब्द, संगित मिलेका छन् । धेरैले मन पराए पनि यो गीतमा रहेको भल्गर शब्दबारे भने आजसम्म चर्चा भएको छैन । झण्डै सात वर्षअघि अर्थात सन् २०१२ को अप्रिल २५ मा यूट्युवमा अपलोड भएको देखिन्छ । यूट्युवमा यो गीत लाइक गर्नेको संख्या १७ लाख ८८ हजार छ सय २९ रहेको छ । गीतमा पाँच सय १३ जनाले कमेन्ट लेखेका छन । तर आश्चर्यको कुरा भल्भर शब्दबारे कसैले कमेन्ट गरेका छैनन् । तर ८ मिनेट ३३ सेकेन्डको यो गीतको ६ मिनेट ३५ सेकेन्डमा अनि वेहोसीमै गराए तिमीलाई भन्ने शब्द आउछ । यो शब्द दुईपटक दोहोरिएको छ ।
भयो आश रित्तो र यो मन निराश भो भन्नेपछि अनि वेहोसीमा गराए भन्ने शब्द उच्चारण गरिएको छ । कसैले गराए होइन कराए भन्न पनि सक्छन्, तर कराए भन्दा भाषा मिल्दैन । कराए भन्नका लागि अनि वेहोसीमा कराए तिमीसँग भन्ने भाषा हुनुपर्छ ।
वेहोसीमा गराए भन्नेको अर्थ वेहोसीमा तिमीसँग सेक्स गरे भन्ने हो । यस्तो अर्थ लाग्ने शब्द किन गीत लेख्नेले लेखे अनि अञ्जुले पनि किन गाइन । यसको जवाफ लेखक र गायिकाहरूसँग नै होला ।
तर, गीतका अघिल्ला हरफ अनुसार सेक्सको हुने अवस्था आउदैन । किनकी आँशु पुच्छदा, आश रित्तो हुँदा, निराश हुँदा सेक्स गरिन्न होला । तर, लिखित गीतमा भने वेहोसीमा कराए भन्ने उल्लेख छ । जे होस गीतमा दुईवटा अर्थ लाग्ने गरेर अञ्जु पन्तले गाएको सुनिन्छ ।
यो गीतका लेखक विपिन किरण हुन भने म्यूजिक महेश खड्काले भरेका छन् । यो गीतको भिडियो पनि छ भिडियोमा चर्चित नायिका झरना बज्राचार्यले मोडलिङ गरेकी छन् ।
यो गीत जगदीश समालले गाएका छन् । उनले गाएको गीत सन् २०१३ मे १३ मा यूट्युवमा अपलोड गरिएको छ । उनले गाउदा भने गराएको ठाउँमा स्पष्टरूपमै वेहोसीमा कराए तिमीलाई भन्ने शब्द उच्चारण गरेका छन् ।

गीतको शब्द

न बिर्से तिमीलाई न पाए तिमीलाई-२
बिना अर्थ दिलमा सजाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई-२
बिना अर्थ दिलमा सजाए तिमीलाई-२
त्यो यात्रा सुनौलो-४

अनि साथ तिम्रो
त्यो यात्रा सुनौलो
अनि साथ तिम्रो
सम्झेर भेत्न बोलाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई

बिना अर्थ दिलमा सजाए तिमीलाई-२
आयौ समिपै जब तिमी निदरीमा-३
यो हलचल यो धड्कन सुनाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई
बिना अर्थ दिलमा सजाए तिमीलाई-२
रमाए एकैछिन-४

पछि आँसु झर्यो हो
रमाए एकैछिन
पछि आँसु झर्यो हो
अनि आँसु पुछ्दै पथाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई
बिना अर्थ दिलमा सजाए तिमीलाई-२
भयो आस रित्तो-४

र यो मन निराश भो
भयो आस रित्तो
र यो मन निराश भो
अनि बेहोशी मै कराए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई
बिना अर्थ दिलमा सजाए तिमीलाई-२
अनायाशै मेरो-४

दुख्यो जिन्दगीमा
अनायाशै मेरो
दुख्यो जिन्दगीमा
परेली भिजाई बगाए तिमीलाई-२
न बिर्से तिमीलाई न पाए तिमीलाई
बिना अर्थ दिलमा सजाए तिमीलाई-२

भिडियो

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार