८ बैशाख २०८१, शनिबार

खेलाडी छनौट कार्यक्रम पूरा



लम्की । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको खेलाडी छनौट कार्यक्रम सोमबार चैनपुरमा समापन भएको छ । खेलाडी छनोट कार्यक्रम गत ३ गतेबाट शुरु भएको थियो । खेलाडी छनौट कार्यक्रमबाट २० जना फुटवल खेलाडी र २४ जना क्रिकेटर छनौट भएका छन् । छनौट कार्यक्रम समापनका अवसरमा सोमबार भएको एक कार्यक्रममा छनोट भएका खेलाडी र प्रशिक्षकहरूलाई प्रमाणपत्र र कदरपत्र प्रदान गरिया । सो अवसरमा लम्कीचुहा नगरपालिका उपप्रमुख टीकादेवी थापाले खेलाडीलाई पमाणपत्र र कदरपत्र प्रदान गरेकी थिइन ।
सो अवसरमा लम्कीचुहा नगरपालिका प्रशासकीय अधिकृत दशरथ बुढाले फुटवल र क्रिकेटका खेलाडीलाई आवश्यक पर्ने खेल सामग्री वितरण गरेका थिए ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष तथा खेलाडी छनोट कार्यक्रमको संयोजक नेत्र सुनाखरीमगरले खेलकुदको विकासको लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
खेलाडी छनोट कार्यक्रम सञ्चालनका लागि वडा कार्यालयले तीन लाख रुपैया“ विनियोजन गरिएको बताए ।
कार्यक्रममा शम्भु सुनन्दा युवा क्लव चैनपुर, लालीगुँरास युवा क्लव बावनपुर र शान्ति युवा क्लव बागमारालाई फुटवल तथा क्रिकेटका खेलाडीलाई आवश्यक पर्ने खेल सामग्री वितरण गरिएको थियो ।
कार्यक्रम वडाध्यक्ष सुनाखरीमगरको अध्यक्षतामा भएको थियो । सो अवसरमा वडा नम्बर १० का अध्यक्ष हर्क कठरिया, नेपाली काँगे्रसका नेता जुगराम चौधरी, नेकपाका महेन्द्र ढुंगाना, फुटवल प्रशिक्षक देशराम चौधरी, क्रिकेट प्रशिक्षक पहलसिंह भुल, खेलाडी प्रकाश केसी, धनराज विक, धर्मदत्त न्यौपाने, गोविन्द चन्द र गौरीलाल खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा सदस्य प्रवल रोकायाले स्वागत गरेका थिए भने सञ्चालन दीपक भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार