१३ बैशाख २०८१, बिहीबार

हिमशिखरको साधारण सभा



धनगढी । धनगढीमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको सोमबार १० औं वार्षिक साधारण सभा भएको छ ।
साधारण सभाको सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले एक समारोहबीच उद्घाटन गरे । सो अवसरमा प्रदेश प्रमुख मल्लले सहकारी संस्थाहरूले लोककल्याणकारी राज्य प्रवद्र्धनका लागि काम गर्न आह्वान गरे । प्रदेश प्रमुख मल्लले सहकारी संस्थाहरूले कृषि उपज बढाउन काम गर्न आग्रह गरे ।
प्रदेश प्रमुख मल्लले सुदूरपश्चिम प्रदेश पर्यावरणीय दृष्टिकोणले मरुभूमिकरण भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सहकारी संस्थाहरूले पर्यावरण संरक्षणमा पनि योगदान पु¥याउनुपर्ने बताए ।
कार्यक्रममा प्रदेशका सांसदहरू डिल्लीराज पन्त र पूर्णा जोशी तथा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
हिमशिखर सहकारी संस्थाले गत आर्थिक वर्ष २०७४/०७५ मा २७ लाख ४५ हजार ३७ रुपैयाँ खुद नाफा आर्जन गरेको जनाइएको छ ।
साधारण भसामा हिमशिखर सहकारी संस्थाले पाँच जना सेयर सदस्य तथा एक वचत समूहलाई सम्मान गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख मल्लले उनीहरूलाई कदरपत्र प्रदान गरेका थिए । साधारण सभामा हिमशिखर सहकारीका संस्थापक कोषाध्यक्ष बद्रीबिक्रम बिष्ट, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ७५ वर्षीय शेयर सदस्य टीकाराम भण्डारी, धनगढी–२ का असल ऋणी तथा व्यवसायी जीतबहादुर बम, धनगढी–४ का असल वचतकर्ता भीमलाल न्युरे र धनगढी–६, मटियारीका शेयर सदस्यकी छोरी एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने नमिता जोशीलाई सम्मान गरियो ।
त्यस्तै, बचत समूहमध्ये उत्कृष्ट काम गर्ने धनगढी वडा नम्बर ७ को सक्रिय मौरीपालन महिला वचत समूहलाई पनि सम्मान गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार