१६ चैत्र २०८०, शुक्रबार

डडेल्धुरा सदरमुकाममा भिषण आगलागी



डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा फेरि आइतबार राति भिषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका ५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति आगलागी हुदाँ नौ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गएरातिको आगलागी सहित ४ पटक भएको आगलागीले व्यापारी संसकीत भएको बेला आगो लगाएको आशंकामा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।
पक्राउ परेका व्यक्तिको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।
आगलागी करिब २ घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो ।
सधैजसो आगलागीका घटना हुँनु रहस्यमय भएको स्थानीय व्यापारीहरूले भनाई छ । उच्च सुरक्षा सतरकता अपनाउन व्यापारीहरूले माग गरेका छन् ।
गत हप्ता मात्र डडेल्धुरामा लगातार ३ पटक आगलागीमा ५ पसल जलेर नष्ट हुदाँ करिब ८७ लाख बराबरको क्षतिको थियो । दुई हप्तामा डडेल्धुरामा १४ पसल जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार