७ बैशाख २०८१, शुक्रबार

महिलाका लागि आधारभूत तालिम



कञ्चनपुर । कञ्चनपुरमने बेलडाँडी गाउँपालिकामा सञ्चालित महिलाका लागि आधारभूत तालिम आइतबार समापन भएको छ । तोलिम गत सोमबारदेखि शुरु भएको थियो ।
बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोग तथा महिला तथा बालबालिका शाखाको आयोजनामा भएको तालिममा प्रत्येक वडाबाट पाँच जनासहित ३० जना महिलाको सहभागिता रहेको थियो ।
महिला तथा बालिबालिका शाखा प्रमुख कमला जोशीका अनुसार तालिममा महिला सशक्तीकरण, आर्थिक, राजनीतिक, शैक्षिक, खर्च कटौती तथा वचत गर्ने बानीको विकास, लैड्डिक हिंसा न्यूनीकरण, सञ्चारको महत्त्व, सहकारी, नेतृत्व क्षमता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिम समापनका अवसरमा गाउँपालिका अध्यक्ष धनबहादुर थापा, उपाध्यक्ष कमला कार्की, वडा नम्बर १ का अध्यक्ष अमरबहादुर खत्री, वडा नम्बर २ का अध्यक्ष प्रेमराज खत्री, वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर रोकाया, महिला सदस्य कमला ओखेडा, पुष्पकमल पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार