८ बैशाख २०८१, शनिबार

बिन्दास म्युजिक अवार्ड, २०७५ घोषणा



धनगढी । थारू कला, सांहित्यको प्रवद्र्धनका लागि विन्दास म्युजिक अवार्ड, २०७५ घोषणा गरिएको छ ।
घोडाघोडी मिडिया सञ्चार समूह (विन्दास मिडिया) ले आगामी चैत १ र २ गते सो अवार्ड वितरण गर्ने घोषणा गरेको छ । नेपाल आइस बिन्दास म्युजिक अवार्ड, २०७५ मा विभिन्न २२ विधामा देशभरका थारू कलाकारबाट छनौट गरी अवार्ड वितरण गरिने कार्यक्रम संयोजक हरेन्द्र चौधरीले बताए ।
उनले केही दिनभित्र सो अवार्डका लागि आवेदन फाराम खुल्ने र फाराम भर्ने कलाकारहरू मध्येबाट अवार्ड प्रदान गरिने बताए ।
सो अवार्डअनुसार सर्वोत्कृष्ट आधुनिक गायन, लोकगीत, पप गायन, मोडल र नव प्रतीभा विधामा महिला र पुरुषलाई प्रदान गरिने छ ।
संयोजक चौधरीले सर्वोत्कृष्ट फिल्म स्क्रिप्ट लेखन, गीतकार, छायांकन, दृष्य सम्पादन, गीत, युगल मोडल र कला तथा पत्रकारिता विधामा अवार्ड वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार