६ बैशाख २०८१, बिहीबार

बंगरामा माघी मेला हुँदै



धनगढी । ‘माघी मेलाको आधार, संस्कृति, पर्यटन र कृषिको आर्थिक पूर्वाधार’ भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका वडा नम्बर ९, बंगरामा माघी मेला हुने भएको छ ।स्थानीय कृषि, संस्कृति, आभूषण, भेषभुषा तथा परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले माघी मेला आयोजना गर्ने तयारी भइरहेको मेला मुल आयोजक समितिले जनाएको छ ।
माघी मेला आयोजक समितिले शनिबार बंगरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मेलाको तयारीबारे जानकारी गराइयो ।
मेला मूल आयोजक समितिका प्रवक्ता रामनारायण चौधरीले पुस ३० गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने बताए ।
मेला आयोजक समितिका प्रवक्ता रामनारायणका अनुसार मेलामा स्थानीय कृषि उपज प्रदर्शनी, थारू गाउँ, थारू समुदायका परम्परागत सामग्री, नाच, खानाका परिकार आदि रहने छ । मेलामा स्थानीय बयरको बयर र चौफेरी तालको माछा, घो“घी, गंगटोका परिकार समेत पाइने छ । मेला आर्थिक उपसमितिका संयोजक दिनेश चौधरीले मेला सञ्चालनमा तीन लाख रुपैयाँ खर्च हुने बताए । मेलामा दर्शकले निःशुल्क रूपमा अवलोकन गर्न पाउने छन् । मेलामा ३० वटा स्टल रहने जनाइएको छ ।
मेलाको मुख्य प्रवद्र्धकको रूपमा धनगढी उपमहानगरपालिका रहने तथा प्रवद्र्धकको रूपमा वडा नम्बर ९ रहने छ । वडा नम्बर ९ का अध्यक्ष प्रेमराज भण्डारीले मेलामा सबै जातजातिको संस्कृति, गायन तथा नृत्यको प्रस्तुति रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार