७ बैशाख २०८१, शुक्रबार

महिलामा मानसिक समस्या बढ्दै



धनगढी । कैलालीकी २४ वर्षीया सञ्जु विक (नाम परिवर्तन) का श्रीमान् पाँच वर्षदेखि वैदेशिक रोजगारमा छन् । उनका श्रीमान् धेरै पटक घर आएका छन् । तर पनि सञ्जुको मन उदास हुन थाल्यो । आत्मबल कमजोर हुनथाल्यो । “मैले मर्नेसम्म सोच बनाए” उनले भनिन्– “कसका लागि बा“च्ने ? किन बा“च्ने जस्तो लाग्न थाल्यो । त्यतिबेला मलाई कसैको पनि माया थिएन ।”
उनका श्रीमान वैदेशिक रोजगारमा गएका बेला उनको उमेर कलिलो थियो । उनले घरबार सम्हाल्नु पर्ने भयो । परिवारका अरू सदस्यबाट असहयोग हुन थाल्यो । उनी भन्छिन्– “घरका अरू सदस्यले मसँग अनाहकमा झगडा गर्ने गर्न थाले । यी सबै कारणले बिस्तारै मन उदास हुन थाल्यो । एक्लै बस्न डराउथे । मन निकै आत्तिन्थ्यो । निद्रा पनि लाग्न छोड्यो । अनि मैले घरका अरूलाई थाहै नदिई निद्राको औषधि सेवन गर्न थाले ।” सञ्जुको पाँच वर्षकी छोरी र चार वर्षको छोरा छ । उनका दुई सासु छन् । आर्थिक अवस्था मध्यम खालको छ । तर, सबै अलग अलग बस्दै आएका छन् ।
सञ्जुका अनुसार उनको स्वास्थ्य बिग्रर्दै गए पनि उनी डाक्टरका गइनन्, बरु धामीझाँक्री कहाँ धाउन थालिन् । उनी भन्छिन्– “शरीर धेरै दुख्ने, झम्झमाउने र पोल्ने, मुटु छिटोछिटो धड्किने, ठूलो स्वरले कराउन, चिच्याउन मन लाग्ने हुन थाल्यो । घरमा आफैं आगो लगाऊ जस्तो लाग्ने, ढुंगाले आफ्नै शरीरमा हिर्काऊ जस्तो हुन थाल्यो । हातहतियार प्रयोग गर्न मन लाग्ने, अल्छी लाग्ने, हा“स्न बोल्न मन लाग्न छोडेपछि आत्महत्या गर्ने कोसिस गरे ।”
यस्तै, समस्या कैलालीकै २४ वर्षीय सुष्मा विक (नाम परिवर्तन) ले पनि भोगेकी छिन् । उनले पनि पीडा सहन नसकेर आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । सासु, ससुरा र श्रीमान्ले दुःख दिन थालेपछि सुष्माले बाँच्ने रहर मार्दै गएको बताइन् । “घरपरिवार भित्रकै हिंसाको पीडा सहन नसकेर मुसा मार्ने औषधि खाएर मर्ने कोशिस गरें” आँसु झार्दै उनले भनिन् ।
उनका श्रीमान दुई वर्षदेखि मलेसियामा रोजगारमा छन् । उनको एक छोरा र दुई छोरी छन् । तीन जना नन्द छन् । सुष्मा महिला विकास कार्यालयमा पनि जागिर गर्थिन् । “तर घर परिवारले असहयोग गर्ने, शंका गर्ने, झगडा गर्ने, महिलास“ग बोल्दा र हिड्दा पनि रिस गर्ने, कार्यालयका सरहरूसँग कामका लागि आउँदा जाँदा पनि शंका गर्ने र आरोप लगाउन थालेपछि जागिर छोड्न बाध्य भए” उनले भनिन्– “मैले जागिर छोड्नु प¥यो । त्यसपछि पहिले भन्दा पनि थप हिंसा बेहोर्नु प¥यो ।”
उनका अनुसार उनका श्रीमान्ले घरपरिवारका अरूहरूको कुरा सुनेर विदेशबाटै फोनमा झगडा गर्न थाले । “मलाई अनाहकमा गाली गर्ने, घर छोडेर गैहाल भन्न थालेपछि मैले बाँच्ने आधार नदेखेर मर्ने सोच बनाएँ” उनले भनिन् ।
कैलालीकी पवित्रा भाटको कथाव्यथा पनि यस्तै छ । उनका श्रीमानले दोस्रो विवाह गरेर सम्पर्क बिहिन भएपछि घरपरिवारले असहयोग र झगडा गर्न थाले । उनी चिन्ताले कमजोर हुँदै गइन् । उनले पीडा सहन नसकेर पटक पटक आत्महत्याको प्रयास गरेको बताइन् । मलेसियामा देवर रोजगारमा गएको बेला घरमा देउरानीले आत्महत्या गरेपछि उनमा झन् पीडा थपियो । तर, अहिले पनि पवित्राले मर्ने सोच त्यागेकि छिन् । “जीवनको महत्व बुझेपछि मैले आफ्ना छोराछोरी र आफ्नै पनि ख्याल गर्न थाले” उनले भनिन् ।
धनगढीकी सरुको पनि उनका श्रीमान् वैदेशिक रोजगारमा गएको तीन महिना मै परिवार भित्र खटपट हुन थाग्यो । त्यही खटपटको कारणले सरु र उनको सासूको सम्बन्ध बिग्रियो । सासूको मन लागे बोल्ने र मन नलागे नबोल्ने बानी देखेर उनीलाई रीस उठ्थ्यो र सरु पनि झगडा गर्थिन् ।
वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारमा मनोसामाजिक समस्या बढ्दै गएको छ । वैदेशिक रोजगारमा श्रीमानले दुःख पाउनु, सम्झौतानुसारको काम, तलब र सुविधा नपाउनु, विदेशमा कमाई गर्न नसक्दा जाँदाको ऋण तिर्न नसक्नु, परिवारका अन्य सदस्यको सहयोग नपाउनु, कामको बोझ थपिनु र सामाजिक लान्छना लाग्नु जस्ता कारणले महिलाहरूमा मनोसामाजिक समस्या बढ्दै गएको छ ।
वैदेशिक रोजगारमा रहेका मध्ये धेरै परिवारमा मनोसामाजिक समस्या देखिन थालेको मनोसामाजिक परामर्शकर्ता जानकी चन्दले बताइन् । उनले एकीन तथ्यांक नभए पनि परिवारसंग बिग्रेको सम्बन्ध, श्रीमान्ले विदेशमा कमाई गर्न नसक्दा छोराछोरीको चाहना पुरा गर्न नसक्दा र हिंसाका कारण महिलामा मानसिक समस्या बढ्दै गएको बताइन् ।

मनोसामाजिक परामर्श समाधानमा सहयोगी
मानसिक समस्यामा परेका व्यक्तिहरूका लागि मनोसामाजिक परामर्श समाधानको सहयोगी भएको छ । मनोसामाजिक परामर्शले गर्दा सञ्जु र सुष्माले भोग्नु परेको जटिल समस्या समेत समाधान भएको छ । पीडा खप्न नसकेर आत्महत्या गर्ने प्रयास गरेका सञ्जु र सुष्मालाई पनि पछिल्लो पटक जिउने रहर पलाएको छ ।
मनोसामाजिक परामर्सकर्ता चन्दले विगत तीन वर्षको अवधिमा चार जना मनोसामाजिक परामर्शकर्ताले चार सय २९ जना (चार सय १० महिला र १९ पुरुष) लाई मनासोमाजिक परामर्श प्रदान गर्नुका साथै एक सय ६३ जनाको समस्या समाधान गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार