६ बैशाख २०८१, बिहीबार

रुस्लान डिपिएल–३ : खेलाडीहरूको अक्सन सकियो



धनगढी । आउदो महिना धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) को शनिबार काठमाडौंमा अक्सन भएको छ ।
अक्सनमा एक सय ८६ जना खेलाडी सहभागी भएका थिए । डिपिएल–३ मा भाग लिने टिमले ११ जनाका दरले खेलाडी लिएका छन् । अक्सनमा सहभागी भएका मध्ये ७२ जना क्रिकेटरलाई विभिन्न टिमले किनेका छन् । त्यस्तै, ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीमध्ये छ वटा टिमले छ जनालाई किनेका छन् । प्रत्येक टिमले खेलाडी खरिद गर्न बढीमा १२ लाख रुपैयाँ खर्च गर्न पाउने नियम बनाइएको छ । अक्सनमा सहभागी छ वटा टिममध्ये वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रूपन्देही च्यालेञ्जर्सले १४ लाख ४५ हजार रुपैयाँ खर्च ग¥यो ।
त्यस्तै, सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले १२ लाख २० हजार, शरद भेसवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाईटेडले ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेन्सले १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको बिराटनगर किंग्सले नौ लाख ९० हजार तथा दीपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरियाले नौ लाख रुपैयाँ खर्च गरेको डिपिएल–३ को आयोजक धनगढी क्रिकेट एकेडेमीले शनिबार प्रेषित गरेको जानकारीपत्रमा उल्लेख छ ।

कुन टिमले कसलाई कतिमा खरिद ग¥यो ?
धनगढी स्टार्सले लिएका खेलाडीहरू
१. दीपेश श्रेष्ठ : रु. ८०,०००।–
२. सौरभ खनाल : रु. १६०,०००।–
३. विपिन खत्री : रु. ९५,०००।–
४. हरिबहादुर चौहान : रु. ९५,०००।–
५. अमित श्रेष्ठ : रु. १८०,०००।–
६. राजु रिजाल : रु. ७५,०००।–
७. रोविन श्रेत्री : रु. ३५,०००।–
८. सन्दीप रजाली : रु. ४०,०००।–
९. सुनील धमला : रु. १८०,०००।–
१०. पवन सर्राफ : रु. २५०,०००।–
११. धिरज शाही : रु. ३०,०००।–
१२. कृष्ण ऐर : रु. ३०,०००।– (स्थानीय खेलाडी)

काठमाडौं गोल्डेन्सले लिएका खेलाडीहरू
१. विक्रम भुसाल : रु. १६०,०००।–
२. अभिनव यादव : रु. ३०,०००।–
३. रशिद खान : रु. १७०,०००।–
४. ललित राजवंशी : रु. २५०,०००।–
५. नन्दन यादव : रु. ५०,०००।–
६. अनिल साह : रु. १७०,०००।–
७. सोनु तामाङ : रु. ६५,०००।–
८. सूर्य तामाङ : रु. ५०,०००।–
९. योगेन्द्र कार्की : रु. ७०,०००।–
१०. मेहवुव आलम : रु. ५०,०००।–
११. सुधीर चौधरी : रु. ३०,०००।–
१२. विक्रम ठगुन्ना : रु. ३०,०००।–

सीवाईसी अत्तरियाले लिएका खेलाडीहरू
१. जीतेन्द्र ठकुरी : रु. ७५,०००।–
२. भूवन कार्की : रु. २१०,०००।–
३. दीपेन्द्र रावत : रु. ३०,०००।–
४. प्रेम तामाङ : रु. ५०,०००।–
५. आदिल अन्सारी : रु. ३०,०००।–
६. रामनरेश गिरी : रु. ७५,०००।–
७. कमलसिंह ऐरी : रु. ९०,०००।–
८. सन्दीप जोरा : रु. २३०,०००।–
९. खगेन्द्र जोशी : रु. ३०,०००।–
१०. सुवेन्दु पान्डे : रु. ५०,०००।–
११. रित गौतम : रु. ३०,०००।–
१२. ज्ञानेन्द्र कुँवर : ३०,०००।–

रुपन्देही च्यालेन्जर्सका खेलाडीहरू
१. ललितसिंह भण्डारी : रु. २५०,०००।–
२. प्रदीप ऐरी : रु. २४०,०००।–
३. पुरन विक : रु. ५०,०००।–
४. सन्दीप सुनार : रु. ११०,०००।–
५. अनिल खरेल : रु. ३०,०००।–
६. सुमित महर्जन : रु. ७५,०००।–
७. विनोद भण्डारी : रु. २५०,०००।–
८. कृष्ण कार्की : रु. १००,०००।–
९. सुरज दराई : रु. ३०,०००।–
१०. विक्रम सोव : रु. ६०,०००।–
११. भीम सार्की : रु. २५०,०००।–
१२. शेर मल्ल : रु. ३०,०००।–

विराटनगर किंग्सका खेलाडीहरू
१. कुशल भुर्तेल : रु. १६०,०००।–
२. अर्जुन अधिकारी : रु. ३०,०००।–
३. किशोर महतो : रु. १००,०००।–
४. संसाद शेख : रु. ७५,०००।–
५. राजेश पुलामी मगर : रु. ७५,०००।–
६. आशिफ शेख : रु. १८०,०००।–
७. पृथु बाँस्कोटा : रु. १२०,०००।–
८. हरिशंकर साह : रु. ९०,०००।–
९. सुशान भारी : रु. १००,०००।–
१०. अमृत गुरुङ : रु. ३०,०००।–
११. तृतराज दास : रु. ३०,०००।–
१२. सुवास ऐर : रु. ३०,०००।–

महेन्द्रनगर युनाइटेडका खेलाडीहरू
१. अविनाश बोहोरा : रु. १७०,०००।–
२. आरिफ शेख : रु. २५०,०००।–
३. अमरसिंह राउटेला : रु. १२०,०००।–
४. सागर ढकाल : रु. १००,०००।–
५. दीपेन्द्र चन्द : रु. ३०,०००।–
६. दिलिप नाथ : रु. ७५,०००।–
७. रोहितकुमार पौडेल : रु. २३०,०००।–
८. साहव आलम : रु. ७०,०००।–
९. सन्तोष भट्ट : रु. ३०,०००।–
१०. सिद्धान्त लोहनी : रु. ७०,०००।–
११. कुशल मल्ल : रु. ५०,०००।–
१२. सुशील खड्का : रु. ३०,०००।–

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार