६ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम महोत्सवमा उल्टो झण्डा



धनगढी । धनगढीको भन्साररोडमा यस क्षेत्रको पर्यटन, कृषि तथा कला संस्कृतिको संरक्षण गर्न उद्देश्यले शुक्रबारदेखि सुरु भएको ‘सुन्दर सुदूरपश्चिम महोत्सव’ मा नेपाली झण्डा उल्टो लगाएको भेटिएको छ । महोत्सवको मुख्यमञ्चमा नेपाली झण्डाहरू उल्टो लगाइएको भेटिएको हो । झण्डामा चन्द्रमा माथि र सूर्य तल हुनुपर्नेमा ठिक उल्टो पर्ने गरेर झण्डाहरू लगाइएको छ । अधिकांश झण्डाहरू सुल्टा लगाइएको भएपनि अगाडिको मुख्य झण्डा भने उल्टो लगाइएको छ ।
शुक्रबार सुरु भएको महोत्सव माघ २ गते समापन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार