११ बैशाख २०८१, मंगलवार

फूलवारीमा सशस्त्र प्रहरीको विओपी स्थापना



धनगढी । धनगढी उपमहानगरपालिका, फूलवारीमा सशस्त्र प्रहरी बलको विओपी स्थापना गरिएको छ ।
विओपीको शुक्रबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेश प्रमुख नागेन्द्र थापाले संयुक्त रूपमा उद्घाटन गरे ।सो अवसरमा नगर प्रमुख वडले विओपी स्थापनापछि सीमामा हुने अवैध चोरी निकासी तथा सीमापार अपराधिक गतिविधिमा नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगरप्रमुख वडले भने– “सीमामा हुने कुनै पनि किसिमका अपराधिक, अवांछित गतिविधि कडाईका साथ नियन्त्रण कार्यमा उपमहानगरपालिका सक्दो सहयोग गर्न तत्पर छ ।”
नगर प्रमुख वडले खुला सीमानाका कारण लागू पदार्थ, औषधको ओसारप्रसार तथा दुव्र्यशनमा निकै बृद्धि आइरहेको जनगुनासोप्रति गम्भीर हुन सशस्त्र प्रहरी बललाई आग्रह गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेश प्रमुख (डिआइजी) थापाले सशस्त्र प्रहरी बलको सक्रियताका कारण सीमा क्षेत्रमा हुने चोरी निकासी केही हदसम्म नियन्त्रणमा आएको चर्चा गरे ।
सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख थापाले सीमामा हुने कुनै पनि किसिमको अपराध नियन्त्रणमा स्थानीयको सहयोगको निकै आवश्यकता रहने दोहो¥याए । उनले भने– “सशस्त्र प्रहरी बर्दि लगाएको प्रहरी हो, तर आम नागरिक पनि बिना बर्दिका प्रहरी हुन् ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार