११ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम महोत्सव शुरु



धनगढी । धनगढीको भन्साररोडमा यस क्षेत्रको पर्यटन, कृषि तथा कला संस्कृतिको संरक्षण गर्न उद्देश्यले शुक्रबारदेखि ‘सुन्दर सुदूरपश्चिम महोत्सव’ शुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले गर्ने उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री रावलले महोत्वले यस क्षेत्रमा लोप हुँदै गएको कला, संस्कृति तथा भेषभुषाको संरक्षणमा महŒवपुर्ण भूमिका खेल्ने बताए । उनले महोत्सव र मेलाहरूले स्थानीय उत्पादनको प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पयर्टनको विकासमा समेत टेवा पुग्ने बताए । धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले धनगढी उपमहानगरपालिका क्षेत्रमा उत्पादन भएका वस्तुको प्रचारप्रसारका लागि महोत्सवले फाइदा पुग्ने बताए ।
उनले यो संगै धनगढीमा भएका पर्यटकिय क्षेत्रको प्रचार प्रसार पनि हुने बताए । मेयर वडले यस बर्ष सुदूरपचिम महोत्सव नभएको अवस्थामा आफुले यस क्षेत्रको कृषि, पर्यटन र संस्कृति संरक्षणका लागी विश्वज्योति युवा क्लब र शक्ति यूवा क्लबले आयोजनामा गर्न महोत्सवलाई उपमहानगरपालिका बाट अनुमती दिएको बताए । महोत्सवमा विभिन्न समुदायको झाँकी सहित रातोपुलदेखि महोत्सव स्थलसम्म ¥याली निकालिएको थियो । महोत्सवमा तीन सय ५० स्टलमध्ये २० वटा होटल र ३० वटा कृषि प्रदर्शनीका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार