७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक



धनगढी । आगामी मंगलबारदेखि शुरु हुने तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको शुक्रबार खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले शुक्रबार धनगढीमा गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता आगामी माघ माघ ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
खेल तालिका अनुसार प्रतियोगितामा सहभागी १२ टीमलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो समूहमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव, मेची नेत्रालय का“करभिट्टा झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लव, रुस्लान थ्री स्टार र दिल्ली एफसी रहेका छन् ।
यो समूहबाट नेपाल एपिएफ र रुस्लान थ्रीस्टार पहिलो चरणमा वाई पाएर सिधैं क्वाटरफाईनलका खेल खेल्ने तालिकामा उल्लेख छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लव र मेची नेत्रालय काँकरभिट्टा झापाबीच हुने छ । उद्घाटन खेलको विजेताले क्वाटरफाईनलमा नेपाल एपिएफएसँग प्रतिस्पर्धा गर्नेछ ।
अर्को समूहमा सिग्नेचर मनाङ मस्र्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोटर््स रुपन्देही, मोरङ–११ स्पोटर््स क्लव र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लव रहेका छन् । यो समूहबाट सिग्नेचर मनाङ मस्र्याङ्दी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लव पहिलो चरणमा वाई पाएर सिधै क्वाटरफाईनलमा पुगेका छन् ।
मनाङमस्र्याङ्गदीले नेपाल पुलिस र मोरङ–११ स्पोर्टस क्लवबीचको खेलको विजेतासँग सेमिफाईनल प्रवेशका लागि खेल्ने छ । भने क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लवले सेमिफाईनलमा प्रवेशका लागि सिएमजी संकटा तथा गोर्खा ब्वाईज स्पोटर््स रुपन्देहीबीचको खेलको सिवजेतासँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो सुदूरपश्चिम गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेल हेर्न टिकट दर समेत तोकिएको छ । गोल्डकपका क्वाटर फाईनलसम्मका खेल हेर्न एक सय र एक सय ५० रुपैयाँ तथा सेमिफाईनल र फाइनल खेल हेर्न एक सय ५० र दुई सय रुपैयाँ टिकट दर तोकिएको छ ।
आयोजक क्लवका अनुसार तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५÷१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार