१३ बैशाख २०८१, बिहीबार

गोदावरीमा बाह्र राशि मकर मेला लाग्ने



अत्तरिया । कैलालीको गोदावरीमा बाह्र राशि दर्शन मकर मेला लाग्ने भएको छ । आयोजक गोदावरी धाम समितिले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी मेलाको तयारी शुरु गरेका जानकारी दिएको छ ।
गोदावरी धाम समितिका अध्यक्ष पदमराज जोशीले गोदावरी धार्मिक स्थलमा सरसफाई, बाटो निर्माण लगायतका तयारी शुरु गरिएको बताए । अध्यक्ष जोशीले हरेक १२ वर्षमा कुम्भमेला, छ वर्षमा अर्धकुम्भ र हरेक वर्ष मकर मेला आयोजना गर्ने योजना रहेको छ ।
उनले मेला अवधिमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती शहरबाट भक्तजनहरूले दर्शन गर्ने अपेक्षा गरिएको बताए । पुस ३० गतेदेखि माघ १२ सम्म बाह्र राशि मकरमेला लाग्ने छ ।
मकर मेला आयोजनाका लागि विभिन्न समितिहरू पनि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार