४ बैशाख २०८१, मंगलवार

आजदेखि सुन्दर सुदूरपश्चिम महोत्सव



धनगढी । प्रथम सुन्दर सुदूरपश्चिम महोत्सव २०७५ आजदेखि धनगढीमा शुरु हुँदै छ ।
आयोजक शक्ति युवा क्लव र विश्वज्योति युवा क्लवले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी पुरा भएको जनाएको छ ।
महोत्सव माघ २ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रदेशको कृषि र पर्यटनलाई प्रवद्र्धन गर्न सो महोत्सव आयोजना गरेको आयोजक समितिका संयोजक श्याम बिष्टले बताए । उनले महोत्सवमा कृषि, व्यवसायिक लगायत तीन सय ५० स्टल रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार