१२ बैशाख २०८१, बुधबार

मुख्यमन्त्रीद्वारा स्थानीय तहको सीमा विवादबारे चासो



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीका स्थानीय तहहरूबीचको सीमा विवादबारे चासो देखाएका छन् ।
मुख्यमन्त्री भट्टले बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा स्थानीय तहका प्रमुखहरूसँग जिल्लाका स्थानीय तहहरूसँग सीमा विवादबारे छलफल गरेका हुन् । उनले स्थानीय तहहरूबीचको सीमा विवाद छलफलबाट टुंग्याउन पहल गर्ने बताए ।
मुख्यमन्त्री भट्टले सीमाबारे विवादमा रहेका स्थानीय तहका प्रमुखहरूलाई आपसी समन्वय र समझदारीबाट विवाद समाधान खोज्न आग्रह गरे ।
छलफलमा सहभागी गोदावरी नगरपालिका प्रमुख हरिसिहं साउँदले स्थानीय तहको सीमाना एकिन गर्न विज्ञहरूको सहयोगमा नापनक्सा रुजु गरी अगाडि बढ्ने सहमति भएको बताए । नगर प्रमुख साउदले प्राकृतिक साधन स्रोत उपयोग गर्ने सवालमा नै स्थानीय तहहरूबीच सीमा विवाद बढेको बताए ।
कैलालीको गौरीगंगा नगरपालिका र चुरे गाउँपालिका, चुरे गाउँपालिका र गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका तथा कैलालीको लम्कीचुहा नगरपालिका र मोहन्याल गाउ“पालिकाबीच सीमाबारे विवाद कायम छ ।
नदी तथा खोलाहरूबाट ढुंगा, गिट्टी, बालुवा संकलनका सन्दर्भमा स्थानीय तहहरूबीच विवाद भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार