१३ बैशाख २०८१, बिहीबार

रणवीरसँगको प्रेम मेरो उपलब्धी होइन: आलिया



नायिका आलिया भट्ट र नायक रणवीर कपुरको प्रेम सन् २०१८ का लागि सर्बाधिक हाइलाइटको बिषय बन्यो । नायिका भट्ट र नायक कपुरले पनि आफ्नो प्रेमलाई नयाँ उचाई दिनका लागि कुनै कसर बाँकी राखेनन् ।तर, नायिका आलिया भट्ट आफू र रणवीरको प्रेमलाई उपलब्धी मान्दिनन् । उनले भारतीय मिडियासँग भनिन्–‘ म मान्दिन, प्रेम कुनै उपलब्धी हो । तर, एउटा कुरा सत्य के हो भने यो सुन्दर हुन्छ र यसलाई उत्सवको रुपमा मनाउन सकिन्छ ।’
आलियाले आफ्नो प्रेमलाई सुरक्षित राख्न चाहेको भन्दै यसलाई प्रचारको माध्यम बनाउन नचाहेको पनि उल्लेख गरिन् । आलियाले आफ्नो प्रेमलाई घरमा रहेको बिरालोसँग पनि तुलना गरेकी छिन् । उनले भनिन्–‘मेरो घरको बिरालो निकै लजालु छ र उ सामाजिक संजालका लागि तयार छैन ।’
आलिया र रणवीरले नयाँ बर्ष परिवारको साथमा न्यूयोर्कमा सेलिब्रेट गरेका छन् । आलिया र रणवीरका लागि नै गतबर्ष निकै नै सुखद रहेको थियो । एकातिर प्रेमको यात्रा, अर्कोतिर दुबैको चलचित्रले बक्स अफिसमा कमालको व्यापार गरेको थियो ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार