७ बैशाख २०८१, शुक्रबार

थारू होमस्टे गाउँ भादा महोत्सव सुरु



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादा गाउँमा मंगलबारदेखि ‘थारू होमस्टे गाउँ भादा महोत्सव २०७५’ सुरु भएको छ । थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा पुस २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
‘संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य नारदमुनि राना उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै सांसद रानाले भादा गाउँ मुलुकको एक सय पर्यटन गन्तव्यभित्र परिसकेकोले यसको विकास गुरुयोजना अनुसार अगाडि बढाउनुपर्ने बताए । उनले भादा होमस्टे थारू कला, सस्कृतिको संरक्षणमा टेवा पु¥याउने भएकोले यसको विकास गर्नुपर्ने गरुरी भएको बताए । उनले होमस्टेसम्म सहज रूपमा पर्यटक पु¥याउनका लागि कनरीबाट बेहडा बाबा हुँदै भादासम्म कालोपत्रे गर्ने योजना रहेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य नेपालु चौधरी भादा पर्यटन गन्तव्यभित्र परिससकेकोले पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन व्यवस्थि तगर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले होमस्टेको ठूलो सम्भावाना रहेको बताए ।
कार्यक्रममा नेकपाका रणबहादुर चन्द, बार एशोसियशनका अध्यक्ष शिवबहादुर केसी, दीपेन्द्र चारपाटे माविका प्रअ भागीराम चौधरी, हानुमान चौधरी लगायत मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रमका अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले महोत्सवमा थारू परम्परागत नाचगानमा सखिया नाच, झुम्रा नाच, मघौटा नाच, लाठी नाच प्रदर्शनसँगै माँगर, ढमार, बर्कीमारलगायत लोकलयका भाका प्रस्तुत हुने बताए ।
महोत्सवमा ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझ्झरा, कचरिक बरिया, घोंघी, गेंटा, सुटही, मुसाको सेकुवा, सिद्रा, सुगुरको मासु, लोकल कुखुराको मासु, महुवाको दारु, निघारलगायत खानपानद्वारा स्थानीयले स्वागत गर्ने बताए
होमस्टे अवलोकनको लागि वार्षिक करिब पाँच हजार आन्तरिक पर्यटकसँगै जर्मनी, अमेरिका, जापान, थाइलेण्ड, नर्बे, क्रिगिक्रिस्तानलगायत मुलुकका पर्यटक आएको समितिका कोषाध्यक्ष पदम चौधरी बताए ।
पर्यटकलाई मध्यनजर गर्दै १९ घरमा होमस्टेको व्यवस्था छ । भादा गाउँ धनगढी बजारदेखि १७ किलोमिटरकोे दुरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार