८ बैशाख २०८१, शनिबार

मेघा सर्भिस क्याम्प सञ्चालन



धनगढी । जगदम्बा मोटर्स प्रालिले ग्राहकलाई लक्षित गर्दै मेघा सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आजदेखि दुई दिनसम्म सो क्याम्प सञ्चालन हुने जानकारी दिइयो ।
मेलामा आफ्नो ग्राहकलाई सर्भिस दिनुको साथै क्याम्पमा ग्राहकलाई लेबर खर्चमा पूर्ण छुट, मोबिलमा २५ प्रतिशत र पार्ट्समा २० प्रतिशत छुट दिनुका साथै प्रत्येक सर्भिस ग्राहकलाई खाना तथा परिवार सहित दुईवटा फिल्म टिकटको साथै फिल्म हलमा खाजाको पनि व्यवस्था गरिने जनाइएको छ ।
कम्पनीका प्रतिनिधि नवराज घिमिरेले मेलामा नयाँ ग्राहकलाई लक्षित गर्दै विद्युतीय रिक्सा एक्सचेन्जको पनि व्यवस्था रहेको जानकारी दिए ।
त्यस्तै, विभिन्न अटोरिक्सामा छुटका साथै अफरको व्यवस्था पनि रहेको जनाइएको छ । मेलामा प्रवेश निःशुल्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार