१६ चैत्र २०८०, शुक्रबार

योग सम्बन्धी तालिम शुरु



धनगढी । स्वास्थ्यकर्मीहरूका लागि योग सम्बन्धी तालिम प्याकेज तथा सञ्चालन कार्यक्रम मंगलबारदेखि शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आयुर्वेद महाशाखाको आयोजनामा भएको तालिम तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा प्रदेशका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । योगगुरु लवदेव मिश्रले तालिममा प्रशिक्षण दिइरहेका छन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष जगत साउँद लगायतले योगबारे चर्चा गरेका थिए ।
कार्यक्रम सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीको अध्यक्षतामा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार