११ बैशाख २०८१, मंगलवार

सवारी दुर्घटनामा चालकको मृत्यु



बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराजमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
मंगलबार दिउँसो पुर्चौडीबाट धनगढीका लागि छुटेको से १ च १५७२ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप दुर्घटना हुँदा डोटी जोरायलका २८ वर्षका जीप चालक कमल सुनारको ज्यान गएको छ । जीप सडकभन्दा झण्डै ५ सय मिटर तल खसेको स्थानीय अनिरुद्र जोशीले बताए ।
जीपमा २ जना मात्रै सवार रहेको र जीपका साहू तेज रावल भने सकुशल रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीको टोली घटनास्थल पुगी घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गीन्द्रबहादुर बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार