७ बैशाख २०८१, शुक्रबार

अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन



बलिउडका भेट्रान अभिनेता एवं लेखक कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । स्वासप्रस्वास सम्बन्धी समस्याका कारण क्यानडास्थित एक अस्पतालमा उपचारका लागि भर्ना भएका उनको उपचारको क्रममा नै निधन भएको छोरा सर्फराजले बताएका छन् ।
उनको क्यानेडियन समय अनुसार डिसेम्बर ३१ तारिख बेलुका ६ बजे निधन भएको जानकारी दिइएको छ। उनी उपचारका लागि १६-१७ सातादेखि अस्पतालमा नै थिए। दिउँसो अचानक कोमामा गएका उनको साँझ निधन भएको हो।अभिनेता खानको अन्तिम संस्कार क्यानडामै गरिने बताइएको छ। उनको छोराका अनुसार परिवारका सम्पूर्ण सदस्य क्यानडामा नै रहेका कारणले अन्तिम संस्कार त्यहीँ गर्न लागिएको हो।
१९८० र ९० को दशकमा अति नै चर्चित रहेका खानको हिजै निधन भएको समाचारहरु बाहिर आएपछि छोरा सर्फराजले त्यसको खण्डन गरेका थिए। काबुलमा जन्मिएका खानले १९७३ मा राजेश खन्ना अभिनित फिल्म ‘दाग’बाट बलिउडमा प्रवेश गरेका थिए। त्यसयता उनले ३०० वटा फिल्ममा अभिनय गरिसकेका छन्। साथै उनले २५० भन्दा बढी फिल्मका लागि डायलग पनि लेखेका छन्।
अभिनेताका रुपमा बलिउड प्रवेश गर्नु अघि उनले रन्धिर कपुर-जया बच्चन अभिनित ‘जवानी दिवानी’ को डायलग लेखेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार