१३ बैशाख २०८१, बिहीबार

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस



धनगढी । सन् २०१३ नोभेम्बर २६ मा सामाजिक सञ्जाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ र नेपाली टोपी लगाउने दिन भनेर सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार हरेक जनवरी १ तारेकमा नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ । सो सामाजिक सञ्जालका सस्थापकहरू डाक्टर लेखनाथ काफ्ले, ताइवान र शंकर बन्जाडे रहेका छन् । ‘नेपाली टोपी : नेपालीको शान, मान र पहिचान’ भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिको हो ।
त्यसो गर्दा अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । नेपाली टोपी नेपाली र नेपाली मूलका नागरिक भएका सबै देश र स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिन्ह मानिन्छ । शताब्दीऔंदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइरहेका छन् ।
यो अभियानमा हरेक वर्ष जनवरी १ मा विश्वव्यापीरूपमा जनसहभागिता सहित सञ्चार माध्यमहरूमा चर्चा हुने गर्दछ । विगत केही वर्षदेखि स्वस्फूर्तरूपमा जागरुक युवा अभियान, नेपाल लगायत विभिन्न समूह, सस्था र व्यक्तिहरूले देश तथा विदेशमा नेपालले टोपी दिवसको प्रचारप्रसार सहित विविध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् ।
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जातजातिको आफनै टोपी पनि छन् । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसमा आफनो आफनो क्षेत्र, जाति–जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो ।
विभिन्न संघ सस्थाले यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउने तयारी गरेका हुन् ।
टोपी दिवसकै अवसरमा दारी ग्याङ धनगढीले पनि कार्यक्रमको आयोजना गरेको छ । हेल्पिङ हेण्ड र युथ फर चेन्जको सहकार्यमा टोपी दिवस मनाउने तयारी भएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए ।
दारी ग्याङले बिहान साढे ९ बजे ढाका टोपी र नेपाली झण्डा सहित धनगढीको पार्कमोडमा उपस्थितिका लागि पनि अनुरोध गरेको छ । सदियौंदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न पनि विभिन्न क्षेत्रबाट दवाव दिने कार्यक्रम रहेको छ ।
विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग हु“दै आएको छ । विगतमा सरकारी पोशाकमा पनि ढाका टोपी रहि आएको थियो ।

कर्मचारीहरूले नै लगाउँदैनन्, नेपाली टोपी
गत मंसिरमा धनगढीमा आयोजित एक कार्यक्रममा संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल अच्चम परिन् । कारण थियो– कोही कर्मचारीले ढाका टोपी लगाएका थिए, कसैले लगाएका थिएनन् । मन्त्री अर्यालले सोधिन्– किन सबै कर्मचारीले नेपाली टोपी लगाउनु भएको छैन ? उनको जिज्ञासाको प्रतिक्रियामा सहभागी एक कर्मचारीले भने– “मन्त्रीज्यू अहिले अनिवार्य गरिएको छैन ।”
नेपालीहरूको विशिष्ट पहिचानको द्योतक भादगाउँले टोपी कुनै बेला सरकारी कर्मचारीहरूका लागि अनिवार्य थियो । तर, पछिल्लो समय कार्यालय समयमा समेत सरकारी कर्मचारीले लगाउन छोडेका छन् । अहिले पनि कार्यालय समयमा कुनै–कुनै कर्मचारीले यो टोपी लगाएर अनिवार्य आउने गरेका छन् ।

विशेष कार्यक्रममा औपचारिक पोशाक लगाउँछन्
प्रदेशको राजधानी र नामाकरणका विषयमा तयार पारिएको प्रतिवेदन बुझाउने तयारीमा थिए, सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ । प्रदेश सभाका सभामुखलाई प्रतिवेदन बुझाउनु अघि उनले भादगाउँले टोपी बजारबाट खरिद गरेर लगाए । प्रतिवेदन बुझाउ“दा र सपथ ग्रहणका समयमा उनले भाद गाउँलेटोपी लगाएका थिए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको मन्त्री पदभार ग्रहण गर्दा ढाकाटोपी लगाएका थिए । तर, मन्त्री पदभार ग्रहण गरेयता उनले पनि कुनै पनि औपचारिक कार्यक्रममा नेपाली टोपी लगाएका छैनन् ।
प्रदेशका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरूले मन्त्रालयको अनलाइन पोर्टलमा ढाका टोपी सहितको तस्बिर राखेका छन्, तर कार्यक्रम तथा मन्त्रालयमा उनीहरूको शिरमा त्यो टोपी लगाएको पाइदैन ।

प्रदेश प्रमुख सधैं टोपी लगाउँछन्सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल भने कहिल्यै पनि ढाका टोपी लगाउन बिर्सिदैनन् । साथीभाइसँगको भेटघाट होस् वा कुनै पनि कार्यक्रम होस्, प्रदेश प्रमुख मल्लले नेपाली टोपी लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार