१६ चैत्र २०८०, शुक्रबार

जैविक मार्ग म्याराथन



महेन्द्रनगर । भीमदत्त नगरपालिकामा आइतबार जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ ।
म्याराथन प्रतियोगितामा एक हजार तीन सय ४७ खेलाडीले भाग लिएको जनाइएको छ । हाफ म्याराथनमा सशस्त्र प्रहरीका सन्तोष बिष्ट प्रथम भएका छन् । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यस्तै, जीतेन्द्र दंगाल र मोहन जोशीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी महिला खुला (१० किलोमिटर) दौडमा पुष्पा पाण्डेय प्रथम हुदै १५ हजार रुपैयाँ जितिन भने लक्ष्मी सुतारा द्वितीय र पूजा ओड तृतीय भएकी छन् । उनीहरुले क्रमशः १० हजार र सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
छात्रा छात्र दौड प्रतियोगितामा छात्रातर्फ लक्ष्मी मावि बागफाटाका लक्ष्मी बम प्रथम, सिद्धनाथ अमर मावि गड्डाचौकीका रेखा चन्द द्वितीय र पूर्णा मावि ऐरीका ममता भट्ट तृतीय भइन् ।
छात्र दौडमा पूर्णा मावि ऐरीका विवेक सुनार प्रथम, डायमण्ड पब्लिक एकेडेमीका सञ्जिव नेपाली द्वितीय र बैजनाथ माविका लक्ष्मण भण्डारी तृतीय भए । छात्रछात्रा दौडका विजेताहरुले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता समापनका अवसरमा नेकपा नेता घनश्याम भूषाल, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, नगर उपप्रमुख सुशिला चन्द सिंह, लगायतले विजेताहरुलाई पुरस्कार प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार