८ बैशाख २०८१, शनिबार

मुक्त हलियाको घर निर्माणमा चुनौति



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डामा पुनस्र्थापना गरिएका मुक्त हलियाको घर निर्माणमा चुनौती थपिएको छ ।
‘क’ वर्गको परिचयपत्र पाएका ३७ परिवार मुक्त हलियालाई बाराकुण्डामा पुनस्र्थापना गरिएको छ । पुनस्र्थापनामा परेका परिवारले घर निर्माणको कार्य थाले पनि पानीको अभावमा टाढाबाट पानी बोकेर ल्याई प्लाष्टिकको खाल्डोमा जम्मा गरेर घर निर्माण गर्न थालेका छन् ।
पुनस्र्थापन गरिएको बस्तीभन्दा एक किलोमिटर टाढाबाट स्थानीयवासीले गाडेको बोरिङबाट पानी किनेर घर निर्माणमा जुटेको मनि दमाईंले बताए ।
उनले भने, “किनेको पानी बाल्टी, ड्रममा बोकेर घर निर्माणस्थलमा पु¥याउन निकै चुनौति छ ।”
पानीकै लागि एक परिवारले दैनिक ५ सयदेखि १ हजारसम्म खर्च गरिहनुपरेको उनले बताए । “बस्ती बसाइएको ठाउँमा सानो रकमले हातेपम्प गाड्न सकिँदैन,” हरि दमाईंले भने, “एक लाखमाथिको रकम हातेपम्प गाड्नकै लागि लाग्छ, त्यो नसकेर बाध्यताले पानी किन्नुपरेको छ ।”
नगरपालिका र दातृ निकायसँग हातेपम्प गाड्नका लागि कयौं पटक माग गरेपनि सुनवाइ हुन नसकेको उनले गुनासो गरे ।
पानी पनि खरिद गर्नुपरे पछि घर निर्माणको लागत खर्च बढ्न थालेको राष्ट्रिय मुक्त हलिया समाजका अध्यक्ष शिवी लुहारले बताए ।
लागत खर्च बढ्दा सरकारले भूमिसुधार कार्यालयको पुनस्र्थापन समितिमार्फत् मुक्त हलिया परिवारलाई उपलब्ध गराएको घर निर्माणको २ लाख २५ हजार रकमले नपुग्ने उनले जानकारी दिए ।
घर निर्माणका लागि लागत बढी हुने भएपछि समाजले समेत २० हजारका दरले प्रतिपरिवारलाई थप रकम उपलब्ध गराउने जनाइएको छ ।
सरकारले घर निर्माणका लागि ‘क’ वर्गको परिचयपत्र पाएका मुक्त हलिया परिवारलाई १ लाख २५ हजारका दरले र जग्गा खरिदका लागि २ लाख रकम प्रदान गर्दै आएको छ ।
पुनस्र्थापनमा परेका मुक्तहलिया परिवारले खानेपानीसमेत किनेर खाँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार