१२ बैशाख २०८१, बुधबार

आगलागीबाट एक पसल नष्ट



डडेल्धुरा । डडेल्धुराको सदरमुकाम बागबजारको एक पसलमा शुक्रवार राति बजेतिर आगलागी भएको छ ।
बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुँदा करिब २० लाख रुपैयाँ बढी मूल्यको सामग्री क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीले लक्ष्मी किराना पसलमा अचानक विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशंका रहेको बताए ।
आगलागी नियन्त्रणका लागी अमरगढी नगरपालिकाको दमकलको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार