१३ बैशाख २०८१, बिहीबार

सुन्दर सुदूरपश्चिम महोत्सव हुँदै



धनगढी । धनगढीमा प्रथम ‘सुन्दर सुदूरपश्चिम महोत्सव २०७५’ हुने भएको छ । शक्ति युवा क्लव र विश्वज्योति युवा क्लवको आयोजनामा धनगढीमा आगामी २० गतेदेखि माघ २ गतेसम्म महोत्सव हुने शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रदेशको कृषि र पर्यटनलाई प्रवद्र्धन गर्न सो महोत्सव आयोजना गरिने आयोजक समितिका संयोजक श्याम विष्टले बताए । उनले महोत्सवमा कृषि, व्यवसायिक लगायत तीन सय ५० स्टल रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार