७ बैशाख २०८१, शुक्रबार

पिएफए अत्तरिया बन्यो, फारवेष्ट पशुपति कप च्याम्पियन



धनगढी । रोमाञ्चक तथा कडा प्रतिस्पर्धात्मक खेलमा विजयी हुँदै नाज ओभरसिज पिएफए अत्तरिया चौथो फारवेष्ट पशुपति कप च्याम्पियन बनेको छ ।पिएफए अत्तरियाले ट्राइबेकरमा आयोजक समेत रहेको फारवेष्ट पशुपति युवा क्लवलाई ५–३ ले पराजित ग¥यो । यससँगै पिएफए अत्तरियाले चार लाख रुपैयाँ पुरस्कार तथा आकर्षक ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको फारवेष्ट पशुपति क्लवले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । जीतसँगै पिएफए अत्तरियाले फारवेष्ट पशुपति क्लवसँग गत वर्षको हारको बदला लिएको छ । गत वर्षको तेस्रो फारवेष्ट पशुपति कपको फाइनल खेलमा पिएफए अत्तरिया फारवेष्ट पशुपति क्लवसँगै पराजित भएको थियो ।
धनगढी क्षेत्रीय रंगशालामा उल्लेख्य संख्यामा रहेका दर्शकहरूमाझ दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । दुवै टोलीको तीब्र प्रहार तथा उत्कृष्ट बचावबीच निर्धारित समयभित्र खेल गोलरहित बराबरीमा टुंगिएपछि ट्राइब्रेकरबाट टुंगो लगाइएको थियो ।
टाईब्रेकरमा नाज ओभरसिज पिएफएका मिलन भट्ट, दीपेश आलेमगर, सन्तोष कार्की, बादल पाख्रीन र आशिष क्षेत्रीले गोल गरेका थिए ।
फारवेष्ट पशुपति क्लवका महेश चन्द र जोजोको प्रहार पोष्टबाट बाहिरिएको थियो । फारवेष्टका भिष्म भाट, कृष्ण कठायत र दीपेन्द्र बुढाले गोल गरेका थिए । प्रतियोगिता समापनका अवसरमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले विजयी टिम तथा खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गरे । प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेका फारवेष्ट पशुपति क्लवका भिष्म भाटले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक फारवेष्ट पशुपति क्लवका प्रितम खड्का, उत्कृष्ट रक्षक फारवेष्ट कै कृष्ण कठायत, उदयमान खेलाडी पिएफए अत्तरियाका अशोक चौधरी र सर्वाधिक गोलकर्ता पिएफए अत्तरीया कै आशिष श्रेष्ठ बने । सबै विधाका उत्कृष्ट खेलाडीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
समापन कार्यक्रम क्लवका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको थियो ।
पुस ८ गतेदेखि शुरु भएको प्रतियोगितामा देशका विभिन्न स्थानका १६ टीमको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार