७ बैशाख २०८१, शुक्रबार

गैंडाको आक्रमणबाट चार महिला घाइते



कञ्चनपुर । कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र खर काट्न गएका बेलडाँडीका चार जना महिलालाई गैडाले आक्रमण गरी घाइते बनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले प्रत्येक वर्ष खर काट्ने अनुमती दिने गरेको हु“दा शुक्रबारदेखि आइतबारसम्म खर काट्नेहरूका लागि खुल्ला गरेकोमा गैडाले आक्रमण गर्दा बेलडाँडी गाउँपालिका वडा नम्बर २ का सीता उपाध्याय (३७), दुर्गादेवी उपाध्याय (६०), सरस्वती सावद (३८), र सुशीला उपाध्याय (३३) घाइते भएको कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापाले जानकारी गराए ।
बेलडाँडी स्वास्थ्य केन्द्रमा घाइतेहरूको उपचार नहुँदा धनगढी रिफर गरिएको बेलडाँडी स्वास्थ्य केन्द्रले जनाएको छ भने सरस्वती सावदको अवस्था गम्भीर रहेको बताइको छ ।
प्रत्येक वर्ष निकुञ्ज कार्यालयले उपभोक्ताको आवश्यक्ता अनुसार खड खडाई काट्ने अनुमती दिने गरेको हुन्छ । बेलडाँडी झिलमिला क्षेत्रमा १३ देखि १५ गतेसम्म खुल्ला गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जभित्र आगो लगाएको हुँदा र जनमानसको कोलाहले आत्तिएर भाग्न लागेको गैडाले भाग्ने क्रममा आक्रमण गरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार