१५ चैत्र २०८०, बिहीबार

फारवेष्ट पशुपति कप : सहारा र सुदूरपश्चिम–११ सेमिफाईनलमा प्रवेश



धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगितामा सहारा युवा क्लव, पहलमानपुर र सुदूरपश्चिम–११ स्पोटर््स क्लव विजयी हुँदै सेमिफाईनल चरणमा पुगेका छन् । धनगढी क्षेत्रीय रंगशालामा बुधबार भएका खेलमा सहारा युवा क्लवले गौरीगंगा–११ स्पोटर््स क्लवलाई पराजित गर्‍यो भने सुदूरपश्चिम–११ ले नवदुर्गा युवा क्लवलाई हरायो ।
बुधबारको सहारा र गौरीगंगा–११ बीचको खेल एकतर्फी रूपमा टुंगियो । सहारा युवा क्लवले गौरीगंगा–११ लाई ६–० को फराकिलो गोल अन्तरले हरायो सहाराका जनक लिंग्देलले र उमेश रेग्मीले दुई–दुई गोल गरे । त्यस्तै, सहाराका मोहन थापा र रितेश मल्लले एक/एक गोल गरेका थिए ।
बुधबारको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक दोस्रो खेलमा सुदूरपश्चिम–११ ले नवदुर्गा युवा क्लवलाई सून्यका विरुद्ध एक गोलले पराजित गर्‍यो । दश खेलाडीमा सीमित नवदुर्गालाई हराउने क्रममा सुदूरपश्चिम–११ का सन्देश सुनारले दोस्रो हाफको १७ औं मिनेटमा गोल गरे । उनी सो खेलका म्यान अफ द म्याच बने ।
त्यस्तै, प्रतियोगिता अन्तर्गत बुधबार भएको लीग चरणको अन्तिम खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लवले जोनापुरको मदरल्याण्ड युवा क्लवलाई दुई–सून्य गोलले हरायो । फारवेष्टका कुँवेर सिंह र चेतन कठायतले एक/एक गोल गरेका थिए ।
प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार