७ बैशाख २०८१, शुक्रबार

चौथो फारवेष्ट पशुपति कप : सहारा, सुदूरपश्चिम–११ र पिएफए अत्तरिया विजयी



धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको मंगलबार भएका खेलमा सहारा युवा क्लव पहलमानपुर, सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव र पिएफए अत्तरिया विजयी भएका छन् । जीतसँगै तीनै टोली क्वार्टर फाईनलमा प्रवेश गरेका छन् ।
धनगढी क्षेत्रीय रंगशालामा भएको खेलमा सहारा युवा क्लवले हेटौंडा फुटवल एकेडेमीलाई सून्यका विरुद्ध पाँच गोलको फराकिलो अन्तरले हरायो । खेल शुरु भएको तेस्रो मिनेटमा सहाराका ईन्टोट बाफोरले पहिलो गोल गरे । खेलको २८ औं मिनेटमा सहारा शाही बिष्ट, ३४ औं मिनेटमा मोहन थापाले गोल गरे ।
त्यस्तै, दोस्रो हाफको छैठौं मिनेटमा मोहन थापाले व्यक्तिगत दोस्रो गोल गरे भने २८ औं मिनेटमा सहाराकै गणेश बडुवालले गोल गर्दै टिमको गोल संख्या पाँच पुर्‍याए । सो खेल सहाराका मोहन थापा म्यान अफ द म्याच बने ।
मंगलबारको दोस्रो खेलमा सुदूरपश्चिम–११ वाई पाएर क्वाटर फाईनल प्रवेश गरेको छ । भारतको उत्तराखण्डको टोली अनुपस्थित भएपछि सुदूरपश्चिम–११ वाई पाएर अन्तिम आठमा पुग्यो ।
त्यस्तै, अन्तिम खेलमा पिएफए अत्तरियाले दाङको फुटवल एकेडेमीलाई सून्यका विरुद्ध एक गोलले पराजित गर्‍यो । एपिएफका नरेन्द्र साउँदले एक मात्र निर्णायक गोल गरेका थिए । दाङ स्पोटर््स स्कुल फुटवल एकेडेमीका गोलरक्षक नरेन्द्र केसी म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार