७ बैशाख २०८१, शुक्रबार

स्रष्टा आँगनमै आमा सम्मानित



लम्की । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ वावनपुरमा सोमबार एक जना श्रष्टाको आंगनमा उनकी आमालाई सम्मान गरिएको छ ।
अक्षर साहित्य प्रतिष्ठान, लम्कीले हरेक महिना आयोजना गर्दै आएको स्रष्टा आगन तथा सम्मान कार्यक्रममा स्रष्टा बलबहादुर रावतको आमा भरुदेवीलाई सम्मान गरियो । प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले स्रष्टा निर्माणमा परिवारको अहम् भूमिका रहने भएकोले स्रष्टाले रोजेको व्यक्तिलाई सम्मान गर्दै आएको बताए ।
भाषा, साहित्य र संस्कृतिको विकास मार्फत श्रष्टाहरूलाई सम्मान गर्ने र नव सर्जकहरूको प्रतिभाको खोजी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नेत्र सुनाखरीमगर, नगर कार्यपालिका सदस्य सरिता भुल, वडा सदस्य जमानसिंह देउवा, साहित्यकार बालकृष्ण खनाल, कर्णबहादुर थापा र विनोद विवश लगायतको सहभागिता रहेको थियो । संस्थाका महासचिव मदन शाहीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्यहरू बुद्धिप्रसाद खनाल, रोशन बोहरा, बलबहादुर रावत, हर्क देवकोटा, बालकृष्ण खनाल कर्णबहादुर थापा, विष्णाकुमारी बिसी, भरुदेवी रावत र रूपा ऐडी लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष गजेन्द्र बोहराले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार