१६ चैत्र २०८०, शुक्रबार

हुन्न भन्दा ८ महिना काम पाइनँ : अदिती



बलिउडमा महिना दिन अघिसम्म ‘मि टू’ अभियानले खुबै चर्चा पाएको थियो । तर, अब यो चर्चा सेलाएको छ । तर, पनि यस बिषयमा केहि नायिकाहरुले आफ्नो अनुभव शेयर भने गरिरहेका छन् । नायिका अदिती रोय हैदरी आफ्नो ‘मि टू’ अनुभव शेयर गरेकी छिन् ।एक कार्यक्रममा बोल्दै अदितीले भनिन्–‘मैले बलिउडमा त्यस्तो ठूलो यौन दुर्व्यवहार त सहन परेनँ । तर, मसँग एउटा अनुभव छ । मलाई ‘हुन्छ या हुन्न’ भन्ने विकल्प दिइएको थियो । मैले, ‘हुन्न’ भन्ने विकल्प रोज्दा ८ महिना काम पाउन सकिनँ । यसले मलाई निकै नै दिकदार बनाएको थियो ।’
अदितीले आफ्नो टिमको साथले आफूले ८ महिनापछि काम पाएको बताइन् । उनले अगाडि थपिन्–‘हो, यस बिषयमा हामीले नबोल्दा मानिसहरु उनीहरुलाई जे गरेपनि हुन्छ भन्ने सोच्छन् । या कतिपय अवस्थामा यस्तो कुरा बोल्दा यो चर्चाका लागि हो भन्ने वुझ्छन् । यसैले यस्ता कुरा बोल्दा आफू पनि त्यसका लागि तयार हुनुपर्छ ।’अदितीले भनिन्–‘मलाई त्यस्तो व्यवहार हुँदा म कमजोर त भइनँ, तर धेरै रोएकी थिएँ । किनकी, बलिउडमा महिलाहरुलाई यस्तो व्यवहार गरिन्छ भन्ने सुनेकी थिएँ, आफूले भोग्दा दुःख लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार