१५ चैत्र २०८०, बिहीबार

आजदेखि फारवेष्ट पशुपति कप



धनगढी । धनगढीमा आजदेखि चौथो फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिता शुरु हुँदैछ ।
फारवेष्ट पशुपति युवा क्लवको आयोजनामा शुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको जनाइउको छ । प्रतियोगिता आगामी १६ गतेसम्म सञ्चालन हुने छ ।
सात लाख रुपैयाँ पुरस्कार राशिको फारवेस्ट पशुपति कप प्रतियोगितामा १६ टिमको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगिताका सबै खेल धनगढी क्षेत्रीय रंगशालामा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेता टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार