१३ बैशाख २०८१, बिहीबार

हेमराज र सिर्जुको ‘आउन माया घुम्नलाई धनगढी…’



हेमराज थापा र सिर्जु अधिकारीको आवाजमा रहेको ‘आऊ न माया धनगढी घुम्नलाई…’ गीतले छोटो समयमानै सबैको मन जित्न सफल भएको छ । सुदूरपश्चिमका विभिन्न ठाउँलाई समेटिएको मौसम विसी र योगेन्द्रविक्रम शाहीले निर्माणमा ‘आऊ न मायाा धनगढी…’ भन्ने नयाँ गीत बजारमा आएको छोटो समयमानै लोकप्रिय भएको हो ।
पछिल्लो समयका चर्चित गायक हेमराज थापाको स्वर रहेको छ । सो दुई दिनमा तीस हजार पटक हेरिएको छ । उनले सुदूरका विभिन्न डेउडा,लोक दोहोरी, लोक पप डान्सिङ गीतमा पनि स्वर दिइसकेका छन् ।
भानुभक्त आचार्य र लोक सिंहको शब्द रहेको गीतमा केशव बडूको एरेन्ज रहेको छ । कृष्ण रोकाया र महिमा कुस्मीको अभिनय रहेको भिडियोलाई जी स्माइलले छायांकन गरेका हुन् । म्युजिक भिडियोमा विकास चौधरीले निर्देशन गरेका छन् ।
विजय तिखावरीको सम्पादन रहेको यस भिडियोलाई रक्षा म्युजिक प्रालिले बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार