१३ बैशाख २०८१, बिहीबार

ब्रेकअपको पीडा भुल्दै नेहा



बलिउडकी चर्चित पाश्र्व गायिका नेहा कक्कडको ब्रेकअपको खबर अहिले भारतीय मिडियाका लागि मसला बनिरहेको छ । नेहाको ब्रेकअपको खबर आएसँगै उनका फ्यानहरु निराश पनि भएका थिए ।

नेहा आफैले पनि ब्रेकअपको खबरलाई पुष्टी गरेकी थिइन् । नेहा र कलाकार हिमांश कोहलीको प्रेम सम्बन्धको खबर त खासै चर्चामा रहेन । तर, उनीहरुको ब्रेकअपको खबरले भने मिडियालाई ततायो ।
तर, नेहाले भने अब आफू ब्रेकअपबाट बाहिर आएको छनक आफ्ना फ्यानलाई दिएकी छिन् । उनले लेखेकी छिन्–‘महिलाहरुमा अझै निखार आउँछ जब उनीहरुलाई धेरै माया दिइन्छ र राम्रो व्यवहार गरिन्छ ।’
नेहाको यो भनाइले पनि अब उनी हिमांशसँगको ब्रेकअपको घटनाबाट मुक्त हुन चाहेको वुझ्न सकिन्छ । नेहाले ‘इन्डियन आइडल’मा ब्रेकअपको बिषयमा कुरा गरेकी थिइन् भने सामाजिक संजालबाट पनि उनी र हिमांशको सबै तस्बिर र भिडियो हटाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार