७ बैशाख २०८१, शुक्रबार

मदरल्याण्ड युथ कप–२०७५ : उपाधिका लागि मदरल्याण्ड र सुप–११ बीच भिडन्त



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ को उपाधिका लागि आयोजक मदरल्याण्ड युवा क्लव र सुदूरपश्चिम–११ बीच भिडन्त हुने भएको छ । बिहीबार भएका सेमिफाईनल खेलमा विजयी हुँदै मदरल्याण्ड र सुदूरपश्चिम–११ ले फाइनलको यात्रा तय गरेका हुन् । उपाधिका लागि पर्सी (शनिबार) फाइनल खेल हुने भएको छ ।
बिहीबारको पहिलो सेमिफाईनलमा सुदूरपश्चिम–११ ले पिएफए अत्तरियालाई सून्यका विरुद्ध एक गोलले हरायो ।
सुदूरपश्चिम–११ का सुरेश रानाले खेलको पहिलो हापको ११ औं मिनेटमा गरेको गोल आफ्नो टिमलाई फानइलनमा पुर्‍याउन निर्णायक बन्यो । उनी खेलका म्यान अफ द म्याच बने ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक मदरल्याण्ड युवा क्लव ‘ए’ ले फारवेष्ट पशुपतिलाई एकका विरुद्ध तीन गोलले पराजित गर्‍यो ।
मदरल्याण्डको खेलमा जीवन चौधरी नायक रहे । उनले ह्याट्रिक गरे । जीवनले खेलको दोस्रो हाफको १७ औं, ३० औं र अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरेका थिए ।
फारवेष्ट पशुपतिका चेतन कठायतले एक गोल गरेका थिए । सो खेलमा मदरल्याण्डका जीवन चौधरी म्यान अफ द म्याच बने ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार