१३ बैशाख २०८१, बिहीबार

पुरा हुन बाँकी साराको सपना



नायिका सारा सिर्पालीले अभिनय गरेको चलचित्र ‘सुश्री सम्पत्ती’ शुक्रबारदेखि हलमा चलिरहेको छ । यो चलचित्रको व्यापार औषत छ । ‘सारा कहिले हिट होलिन् ?’ भन्ने प्रश्नबाट कहिले मुक्त हुनुहोला भन्ने प्रश्नमा साराले ‘सुश्री सम्पत्ती’ रिलिजपछि भनेकी थिइन् । यसैले पनि साराको सपना पुरा भयो कि अधुरै रह्यो, चर्चा गर्न आवश्यक छ ।चलचित्र हेर्ने दर्शकले साराको भूमिका छोटो भएको प्रतिक्रिया दिएका छन् । मुख्य नायिका र शिर्ष भूमिकामा भएपनि सारालाई दर्शकले पर्दामा लामो समयसम्म देख्न पाएनन् । यसैले, पनि साराले हिट हुने सपना पुरा गर्नका लागि अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
साराले आफ्नो अभिनय अझै देखाउन पाएकी छैनन् । उनकै, भाषामा चलेका कलाकार र राम्रो ब्यानरको प्रतिक्षा उनले अझै पनि गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार