७ बैशाख २०८१, शुक्रबार

जैविक विविधता सम्बन्धी अन्तरदेशीय कार्यशाला सुरु



दार्चुला । भारतको पिथौगारगड धार्चुलामा जैविक विधिता सम्बन्धी अन्तरदेशीय कार्यशाला गोष्ठी बुधवार सुरु भएको छ ।
नेपाल र भातरका एक दर्जन विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराएर अन्तरदेशीय जैविक विविधता सम्बन्धी गोष्ठी भारत पिथौरागढको धार्चुलामा शुरु भएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जानकारी दिएको छ ।कार्यशाला गोष्ठीमा नेपालका तीन र भारतका एक दर्जन विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ । नेपालका तर्फबाट दार्चुला बहुमुखी क्याम्पसको इको क्लबका विद्यार्थीहरू र महेन्द्र मावि खलंगा तथा हुस्कर मावि काँटैका विद्यार्थीहरूले सहभागिता जानाएका छन् ।
गोष्ठीमा भारतका तर्फबाट धार्चुला, बालुवाकोट र जौलजीवी ब्लकका तीन/तीन विद्यार्थी गरी नौं विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ ।
कैलाश पवित्र भुपरिधि विकास तथा संरक्षण कार्यक्रम र गोबिन्द बल्लभ पन्त राष्ट्रिय हिमालयी पर्यावरण एवम् दिगो विकास संस्थान भारतले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार