७ बैशाख २०८१, शुक्रबार

मदरल्याण्ड युथकप फुटवल : नवदुर्गा, चारपाते र फारवेष्ट पशुपति विजयी



धनगढी । गोदावरी नगरपालिकाको वडा नम्बर ८ जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा नवदुर्गा, चारपाते र फारवेष्ट पशुपति विजयी भएका छन् । जितसँगै तीन वटै क्लब क्वाटरफाईनल प्रवेश गरेका छन् ।
पहिलो खेलमा नवदुर्गा युवा क्लबले आयोजक मदरल्याण्ड युवा क्लबलाई ४–० को गोल अन्तरले हराएको हो । टीमलाई जिताउन नरेन्द्र साउँदले ह्याट्रिक गरे । दोस्रो खेलमा चारपाते युवा क्लब मझगाउँले रामजानकी युवा क्लबले हसनपुर युवा क्लबलाई २–१ ले किनारा लगाउँदै अन्तिम आठको यात्रा तय गरेको छ ।
तेस्रो खेलमा फारवेष्ट पशुपति युवा क्लवले फराकिलो जीत दर्ता गरेको छ । फारवेष्ट पशुपतिले रामजानकी युवा क्लबलाई ८–१ को फराकिलो अन्तरले किनारा लगाएको हो । फारवेष्ट पशुपतिका लागि चेतन कठायतले ह्याट्रिक सहित चार गोल गरे ।
प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा गौरीगंगा–११ र फारवेष्ट पशुपति बीच सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मदरल्याण्ड युवा क्लब र उर्मिला पोल्ट्री फर्मका बीच पनि सेमीफाईनल जानकै लागि खेल हुने आयोजक मदरल्याण्ड युवा क्लबका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए ।
मदरल्याण्ड युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । हाम्रो गोल, सामाजिक विकृति विरुद्धको गोल भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताका खेलहरू आयोजक मदरल्याण्ड युवा क्लबको खेल मैदानमै सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार