१२ बैशाख २०८१, बुधबार

मदरल्याण्ड युथकप फुटवल : सुदूरपश्चिम ११, गौरीगंगा ११ र उर्मिला पोल्ट्री विजयी



धनगढी । गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ फुटवल प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा सुदूरपश्चिम–११, गौरीगंगा–११ र उर्मिला पोल्ट्री फार्म विजयी भएका छन् । जीतसँगै तीन वटै टोली क्वार्टर फाइनल प्रवेश गरेका छन् । आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम–११ स्पोर्टस क्लवले शिवशक्ति युवा क्लवलाई ५–२ गोल अन्तरले पराजित गर्‍यो । सुदूरपश्चिम ११ का रामसिंह रानाले ह्याट्रिक गरे । उनले दोस्रो हाफको २०, २२ र २५ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, सुदूरपश्चिम ११ का लागि पहिलो हाफको सातौं मिनेटमा सुरेन्द्र राना र १० औं मिनेटमा राजेश राजीले एक/एक गोल गरेका थिए ।
शिवशक्तिका जीवन रोकायाले पहिलो हाफको छैठौं मिनेटमा र चक्र चौधरीले दोस्रो हाफको ३ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, आइतबारको दोस्रो खेलमा गौरीगंगा–११ स्पोर्टस क्लवले क्याम्पसरोड ११ लाई टाईब्रेकरमा पराजित गरेको छ ।
निर्धारित समयमा दुवै टोली एक–एकको बराबरी भएपछि भएको टाईब्रेकरमा गौरीगंगा ११ ले ५–३ को जीत निकालेको हो ।
यसअघि क्याम्पसरोड ११ का लागि पहिलो हाफको १५ औं मिनेटमा अजय चन्द र गौरीगंगाका लागि दोस्रो हाफको १० औं मिनेटमा ललित साउँदले गोल गरेका थिए । त्यस्तै, तेस्रो खेलमा उर्मिला पोल्ट्री फार्मले हाम्रो उपदेश युवा क्लवलाई सून्यका विरुद्ध एक गोलले हरायो ।
उर्मिला पोल्ट्री फार्मका सूर्य परियारले दोस्रो हाफको १७ औं मिनेटमा गोल गरेका थिए ।
मदरल्याण्ड युथ क्लवको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार