१३ बैशाख २०८१, बिहीबार

सय कडा दशको टोली देश दौडाहमा



धनगढी । नेपाली कथानक चलचित्र सय कडा दशका निर्माता टोली देश दौडाहका क्रमा सोमबार धनगढी आइपुगेको छ ।
चलचित्रको प्रचारप्रसारको उद्देश्यका लागि चलचित्र निर्माता टोली देश दौडाहमा रहेको जनाइएको छ । चलचित्रकी निर्माता रज्जु प्रधानले चलचित्रको प्रचारप्रसारका साथै विभिन्न संस्कृति, तथा पर्यटकिय स्थलको अवलोकनका लागि दौडाह भइरहेको बताइन् ।
उनले माघ १८ गतेदेखि प्रदर्शनमा आउने सय कडा दश चलचित्र ‘भ्रष्टाचार विरुद्धको अभियान’ अन्तर्गत निर्माण गरिएको बताइन् ।
चलचित्रका निर्देशक रामशरण पाठकका अनुसार चलचित्रमा हास्यकलाकारहरू राजाराम पोखरेल, मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, रवि डंगोल, रश्मि भट्ट, अमित पोखरेल, उत्सव न्यौपाने तथा बर्मेली अभिनेत्री सोनिया राईको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार