१५ चैत्र २०८०, बिहीबार

फूलवारी महोत्सव आयोजना हुने



धनगढी । कैलालीको फूलवारीमा आगामी पुस ५ गतेदेखि फूलवारी महोत्सव, २०७५ आयोजना हुने भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४, फूलवारीस्थित न्यूबुद्ध स्पोर्टस युवा क्लवको आयोजनामा महोत्सव सञ्चालन हुने जनाइएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक महेश गोलेका अनुसार महोत्सवमा बृहत व्यापार मेला, स्थानीय तथा सुदूरपश्चिम प्रदेशका कृषि उपजको प्रतियोगितात्मक प्रदर्शनी, खुल्ला लोकदोहोरी प्रतियोगिता, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, आदिवासी जनजातिहरूको रहनसहन, संस्कृति, भेषभूषाका साथै खानाका परिकार प्रस्तुत गरिने छ ।
महोत्सवमा थारू होमस्टे, तामाङ गाउँ, सहित एक सय बढी स्टलहरू रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार