११ बैशाख २०८१, मंगलवार

रवि वड नगरगृह धनगढीमा, बाजागाजासहित स्वागत



धनगढी । नेपाल आइडल सिजन–२ को उत्कृष्ट ४ मा पुग्न सफल रवि वड आज गृहनगर धनगढी पुगेका छन् । विमानमार्फत पुगेका उनलाई धनगढी विमानस्थल गेटामा बाजागाजासहित स्वागत गरिएको छ । फिनालेका लागि भोट माग्न धनगढी पुगेका रवि तीन दिनसम्मा विभिन्न कार्यक्रममा सहभागी हुने छन् । आजै उनी लम्कीमा चलिरहेको लम्की सांस्कृतिक महोत्सवमा प्रस्तुति दिने छन् ।
विमानस्थलमै सञ्चारकर्मीसँग कुरा गर्दै वडले उत्कृष्ट ४ सम्म पुगाएकोमा समर्थकलाई धन्यवाद व्यक्त गरेका छन् । “यहाँसम्म पुग्न दर्शक, स्रोताको समर्थन रह्यो,” उनले भने, “अझै बढी भोट गरी मलाई विजयी गराउन अनुरोध गर्दछु ।”

नेपाल आइडलको उत्कृष्ट चारमा सुुमित पाठक, अस्मिता अधिकारी, रवि ओड र बिक्रम बराल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार